काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि कम्फर्टेबल सरकार बनाउने बताएका छन्।
पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अरुलाई खुसी बनाउन सरकार नबनाइने बताए।
उनले भने, ‘नेपाल सरकार कम्फर्टेबल फर नेपाली पिपुल।’ प्रधानमन्त्री ओलीले फागुन २३ देखि सुरु हुने संसद् अधिवेशन राम्ररी चलाएर अगाडि बढाउने आफ्नो प्रयास रहने बताए।
उनले भने, ‘मलाई हटाउने भनेका छन्, मलाई कसैले हटाउन सक्छ भने हटाओस्। म खुसीसाथ हट्छु तर अर्को चुनावमा दुई तिहाइ मत ल्याएर फेरि सरकारमा आउँछु।’