बिहीबार, फागुन २८, २०८२

चीनमा साढे दुई सय अर्बपति थपिए

सेयर बजारमा उछाल आएसँगै चीनमा सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन्। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

बेइजिङ– सेयर बजारमा उछाल आएसँगै चीनमा सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन्। 

National life

विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ। विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा फड्को मारेको छ। 

विश्वका अधिकांश मुलुकमा कोरोना भाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोना भाइरसलाई समयमै नाटकीय रुपमा नियन्त्रण गरेपछि सन् २०२० मा पनि राम्रो प्रगति गरेको छ। 

हुरुनका अनुसार सन् २०२० मा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन्। चीनमा यो सहित कूल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ। विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ। 

तुलनात्मक रुपमा दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ। यो सहित अमेरिकामा कूल अर्बपतिको संख्या ६९६ पुगेको छ। 

Laxmi sunrise bank
kumari

एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलरभन्दा बढी सम्पत्ति जुटाएका छन्। सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ। 

समग्रमा चीनले विश्वमै सम्पत्ति सिर्जना गर्नेतर्फ अग्रस्थान बनाइरहेको छ। हुरुनका अनुसार विगत पाँच वर्षको अवधिमा चीनले ४९० जना नयाँ अर्बपति जन्माएको छ भने अमेरिकाले १६० जना थपेको छ। 

सबैभन्दा बढी अर्बपति पनि अहिले चिनियाँ शहरमा रहेको सर्भेले देखाएको छ । अर्बपति रहेबसेका विश्वका उत्कृष्ट १० शहरमध्ये छ वटा शहर चीनमै छन्। विगत छ वर्षदेखि लगातार बेइजिङ पहिलो स्थानमा छ। 

–रासस

प्रकाशित: Mar 02, 2021| 10:00 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।