बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीएण्डसी अस्पतालको सम्बन्धन प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री ओली

बीएण्डसी अस्पतालको सम्बन्धन प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बीएण्डसी अस्पतालको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताएका छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बीएण्डसी अस्पतालको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताएका छन्।

पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त अस्पतालको सम्बन्धन काठमाडौं विश्वविद्यालयले केही समयमै दिने बताए। 

अस्पतालबारे आलोचना भए पनि बिचलित नहुन अस्पताल सञ्चालक दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीले आग्रह गरे।

अस्पताल सञ्चालक प्रसाईंले डा. गोविन्द केसीलाई लक्षित गर्दै ‘दूरदराजमा सिटामोल बाँडेर माइतीघरमा कागजको टोपी लगाउँदैमा स्वास्थ्य क्षेत्र नसुध्रिने’ टिप्पणी गरे।

राज्यलाई कर तिरेर ऐन पालना गर्दा पनि आलोचना गर्नेको कमी नभएको गुनासो उनले गरे। केही वर्षभित्र नेपालमै मुटु ट्रान्सप्लान्ट गर्ने अस्पतालको योजना रहेको उनले सुनाए।

आज प्रधानमन्त्रीले उद्घाटन गरेको अस्पताल दुर्गा प्रसाईंकै लगानीमा बनेको हो। अस्पतालमा ६ अर्ब रुपैयाँ लगानी भएको बताइएको छ। अस्पतालमा तीन सय बेड छन्। करिब एक वर्षअघि नै सेवा सुरू गरेको अस्पतालको आज विधिवत् उद्घाटन भएको हो।  
 

प्रकाशित: Mar 02, 2021| 09:48 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।