बिहीबार, भदौ १८, २०८३

दोभान बजार आगलागी : आगो फैलिन नदिन घर भत्काइँदै

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आज बिहान ९ बजेदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

विराटनगर– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आज बिहान ९ बजेदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

घटनास्थलमा दमकल पुगे पनि आगो निभाउन नसकेपछि आगो फैलन नदिन स्काभेटर लगाएर घर भत्काउन थालिएको छ।

मेरिङदेन गाउँपालिका–३ खाम्लुङमा बिहान करिब ९ बजेदेखि आगलागी सुरु भएको स्थानीय दिपेश कार्कीले जानकारी दिए।

स्थानीय व्यापारी भोलानाथ पौडेलको घरबाट आगलागी सुरू भएको हो। हालसम्म दोभान मनि ट्रान्सफर र ग्लोबल आइएमई बैंकसहित ४० ओटा घर पूर्णरुपमा जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ।

दोभान बजार सदरमुकाम फुङलिङपछिको दोस्रो ठूलो र व्यस्त बजार हो। बजारका  घर एकआपपसमा जोडिएका र काठका भएकाले पनि आगो नियन्त्रणमा समस्या भएको स्थानीयले बताएका छन्।

प्रकाशित: Mar 02, 2021| 06:28 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।