बिहीबार, भदौ १८, २०८३

कमिसनको आठ लाख फालेर गाउँपालिका अध्यक्ष भागेपछि ...

अख्तियारकाे टोली छापा मार्न पुगेपछि कमिसनबापत् लिएको आठ लाख रूपैयाँ गाडीबाट फालेर बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत फरार भएका छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

जनकपुरधाम - कमिसनबापत् रकम लिएको सूचना पाएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष भागेका छन्। 

सोमबार साँझ आयोग टंगालको टोली छापा मार्न पुगेपछि कमिसनबापत् लिएको आठ लाख रूपैयाँ गाडीबाट फालेर अध्यक्ष डम्बरबहादुर राउत फरार भएको बताइएको छ। 

आयोगका अनुसार अध्यक्ष राउतले भवन निर्माण सम्पनन भएपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आएको थियो। 

अध्यक्ष राउतले अतिरिक्त रकम प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रङ्को स्कारपियोमा राखेको र छिरेश्वर नगरपालिका-५ को बाटो छेउमा उक्त रकम फालेको फरार भएको अख्तियारले जनाएको छ।

अख्तियारले गाडीका चालक वीरबहादुर मगरलाई बटेश्वर-४ बाट नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 

यस्तै स्थानीयवासीले अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। साथै धर्नासमेत दिइरहेका छन्। 

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै स्थानीयवासीले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई थप अनुसन्धान गर्न समेत माग गरेका छन्।

स्थानीय युवाहरूले सबै योजनामा ठेकेदार, उपभोक्ता समिति तथा कर्मचारीलाई थर्काउँदै अध्यक्षले व्यापक कमिसन असुल गरेको आरोप लगाएका छन्।

प्रकाशित: Mar 02, 2021| 06:13 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।