बिहीबार, भदौ १८, २०८३

मोरङमा एक लाख ३५ हजारलाई कोरोनाविरूद्धको खोप लगाइने

मोरङमा कोभिड–१९ विरूद्वको खोप एक लाख ३५ हजारलाई लगाइने भएको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

विराटनगर – मोरङमा कोभिड–१९ विरूद्वको खोप एक लाख ३५ हजारलाई लगाइने भएको छ।

तेस्रो चरणको अभियानअन्तर्गत फागुन २३ गतेबाट खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। 

उनका अनुसार ५५ वर्षमाथिका उमेर समूहलाई खोप लगाइने छ। 

उनले तेस्रो चरणका लागि ७२ स्थानमा खोप केन्द्र निर्धारण गरिएको बताए। 

मोरङमा पहिलो चरणमा पाँच हजार ८५९ र दोस्रो चरणमा पाँच हजार ३३४ जनाले खोप लगाएको स्वास्थ कार्यालयका सूचना अधिकारी धरणीधर निरौलाले बताए। 

प्रकाशित: Mar 02, 2021| 05:32 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।