बिहीबार, फागुन २८, २०८२

म्यानमार : एक महिनापछि देखिइन् सू ची, प्रदर्शन जारी

म्यानमारमा सत्तापलटपछि पहिलो पटक आङ सान सू ची आज सार्वजनिक रुपमा देखा परेकी छन्। उनी आफ्नो वकिलसँग देखिएकी हुन्।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– म्यानमारमा सत्तापलटपछि पहिलो पटक आङ सान सू ची आज सार्वजनिक रुपमा देखा परेकी छन्। उनी आफ्नो वकिलसँग देखिएकी हुन्।

National life

ठिक एक महिनाअघि (फेब्रुअरी १ तारिख) सैनिक कू भएयता उनी नजरबन्दमा छिन्। उनलाई अज्ञात स्थलमा राखिएको बताइएको छ।

सू चीका वकिलका अनुसार उनलाई भिडियो लिंकको माध्यमबाट अदालतमा पेश गरिएको थियो। भिडियोमा उनी स्वस्थ देखिएकी छन्। 

म्यानमारमा कू भएपछि प्रदर्शनहरु भइरहेका छन्। हिजो (आइतबार) को प्रदर्शन निकै हिंसात्मक भएको छ। प्रहरीको गोली लागेर हिजो १८ जनाको मृत्यु भएको छ। कैयौं गम्भीर घाइते भएका छन्। 

बीबीसीका अनुसार आज सोमबार पनि म्यानमारको सडकमा बिहानैदेखि प्रदर्शनकारी देखा परेका छन्। उनीहरुले सू चीको रिहाइ र सरकार पुनर्स्थापनाको माग गरेका छन्। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 01, 2021| 09:20 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।