आइतबार, साउन १०, २०८३

भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोनाको भ्याक्सिन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन्। उनले आज बिहानै भ्याक्सिन लगाएका हुन्। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन्। उनले आज बिहानै भ्याक्सिन लगाएका हुन्। 

एम्समा गएर मोदीले भ्याक्सिनको पहिलो डोज लगाएको ट्विटरमा जानकारी दिएका छन्। प्रधानमन्त्री मोदीले सबैलाई भ्याक्सिन लगाउन अपिल पनि गरेका छन्। 

भारतमा आजदेखि ४५ वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप अभियान सुरु भएको छ। यो चरणमा १० करोडलाई भ्याक्सिन लगाउने योजना छ।

१६ जनवरीमा सुरु भएको भ्याक्सिन अभियानअन्तर्गत आगामी जुलाईसम्ममा ३० करोडलाई भ्याक्सिन लगाउने भारतको लक्ष्य छ। 


 

प्रकाशित: Mar 01, 2021| 02:15 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।