आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ह्वाइट हाउस छोडेपछि पहिलोपल्ट ट्रम्प सार्वजनिक कार्यक्रममा, राष्ट्रपतिमा फेरि उठ्ने संकेत

ह्वाइट हाउस छोडेपछि पहिलोपल्ट ट्रम्प सार्वजनिक कार्यक्रममा, राष्ट्रपतिमा फेरि उठ्ने संकेत

डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेपछि पहिलो पटक कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) मा बोलेका छन्।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं– डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेपछि पहिलो पटक कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) मा बोलेका छन्।

National life

महाभियोगबाट छुटकारा पाएको केही हप्तापछि उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन्। ह्वाउट हाउसबाट निस्केपछि ट्रम्प राजनीतिक रुपले गायब थिए। अमेरिकी संसदमा भएको दंगापछि ट्रम्प फेसबुक र ट्विटरमा समेत प्रतिबन्धित छन्। ह्वाइट हाउस छोडेपछि उनी फ्लोरिडामा रहेको आफ्नै गल्फ रिसोर्टमा बसिरहेका छन्।

भाषणका क्रममा ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडनप्रति खनिएका थिए। उनले भने, ‘अमेरिका फर्स्टको नीति अमेरिका लास्टमा पुग्यो।’ बाइडनले कार्यकालको सुरुमै लिएका निर्णयको ट्रम्पले आलोचना गरे। ख़ासगरी बाइडेनले लिएको प्रवासी नीतिप्रति उनी आक्रामक देखिएका थिए।

एक घण्टा ढिलो गरी मञ्चमा पुग्दा उनका समर्थक उत्तेजित भएका थिए। भीडमा धेरैजसो बिना मास्क सहभागी थिए। 

समर्थकमाझ ट्रम्पले भने, ‘आजभन्दा ४ वर्षअघि हामीले जुन यात्रा सुरु गरेबम थियौं, त्यो अझै पूरा भएको छैन। हामी यहाँ आफ्नो भविष्यको बारेमा कुरा गर्न आएका छौं। त्यो भनेको हाम्रो आगामी कदमको भविष्य, हाम्रो पार्टीको भविष्य र हाम्रो देशको भविष्य हो।’

आफूले नयाँ पार्टी खोल्ने चर्चाको उनले खण्डन गरे। गएको नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा भएको धाँधलीका कारण आफू हारेको उनले तर्क गरे। ट्रम्पले २०२४ मा हुने राष्ट्रपति चुनावमा आफू लड्ने संकेत पनि गरेका छन्। 
 

प्रकाशित: Mar 01, 2021| 02:08 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।