सोमबार, जेठ ४, २०८३

आगामी शैक्षिक सत्र १० महिनाको, असार १ गतेबाट सुरु

विद्यालय तहको आगामी शैक्षिक सत्र १० महिनाको हुने भएको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– विद्यालय तहको आगामी शैक्षिक सत्र १० महिनाको हुने भएको छ।

National life

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी शैक्षिक सत्र असार १ गते सुरु हुने भएको छ भने २०७८ चैत मसान्तभित्र सबै परीक्षा सम्पन्न गर्नुपर्नेछ।

केन्द्रले चालु शैक्षिक सत्रको परीक्षा जेठ मसान्तभित्र परीक्षा सक्न र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। 

निर्देशनमा उल्लेख छ, ‘आगामी शैक्षिक सत्र २०७८ असार १ गतेबाट सुरु गरी सो शैक्षिक सत्रको पठनपाठन र परीक्षासमेत साविकमा झैं चैत मसान्तसम्म सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयनमा लैजाने व्यवस्था गराउन।’

विगतमा शैक्षिक सत्र वैशाख १ गते सुरु भई चैत मसान्तमा सकिँदै आएको थियो। यस वर्ष कोरोना महामारीका कारण दुई महिना घटाइएको हो।
यस्तै चालु शैक्षिक सत्रको पठनपाठन २०७८ वैशाख मसान्तभित्र सक्न र जेठ मसान्तभित्र सबै तहका परीक्षा सम्पन्न गर्न पनि निर्देशन दिएको छ।

कोरोना भाइरस महामारीका कारण सरकारको निर्देशनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको केन्द्रले आइतबार प्रकाशित गरेकाे सूचनामा उल्लेख छ।

यस वर्षको एसईई जेठ १५ गतेदेखि गर्ने निर्णय सरकारले यसअघि नै गरेको छ।

 


 

प्रकाशित: Feb 28, 2021| 08:39 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्