मंगलबार, साउन १९, २०८३

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको फर्म एक हप्ताभित्रै खुल्ने

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको सूचना एक हप्ताभित्रै प्रकाशित गर्ने जनाएको छ।
 |  आइतबार, फागुन १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १६, २०७७

काठमाडौं– चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको सूचना एक हप्ताभित्रै प्रकाशित गर्ने जनाएको छ। आयोगले परीक्षा सञ्चालन गर्नका लागि सफ्टवेयर तयार भइरहेकाले केही दिन ढिलो भएको जनाएको हो।

कक्षा १२ उत्तीर्ण गरेर मेडिकल शिक्षा आर्जन गर्न चाहने विद्यार्थीले एमबीबीएस, बीडीएस, बीएएमएस, बीएससी नर्सिङ, बीपीएच, बीएससी एमएलटी लगायतका विषय अध्ययन गर्न प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ।

सरकारी शिक्षण संस्थामा सिट संख्याको ७५ प्रतिशत सिट छात्रवृत्ति कोटाको लागि छुट्याइएको हुन्छ भने स्वदेशी लगानीमा सञ्चालित कलेजले १० प्रतिशत र विदेशी लगानीमा सञ्चालित मेडिकल कलेजले २० प्रतिशत छात्रवृत्ति उपलव्ध गराउनुपर्ने आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए।

नेपालमा भएका सबै विश्वविद्यालयमा मेडिकल शिक्षा अध्ययन गर्न चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको हो। यसअघि सबै विश्वविद्यालयले आफ्नो छुट्टै प्रवेश परीक्षा सञ्चालन गर्दै आएका थिए। मेडिकल शिक्षा आर्जन गर्ने सम्पूर्ण विद्यार्थीमा समान पहुँचको विकास गर्ने हिसाबले कमन इन्ट्रान्स लागू गरिएको आयोग उपाध्यक्ष गिरीको भनाइ छ।

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि ०७७ भएको व्यवस्थाअनुसार स्वदेश तथा विदेशमा मेडिकल शिक्षा आर्जन गर्न प्रवेश परीक्षा उत्तीर्ण गरेकै हुनुपर्छ। प्रवेश परीक्षा उत्तीर्ण गर्न विद्यार्थीले पूर्णाङ्कको ५० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ। परीक्षामा सहभागी हुन चाहने उमेदवारले अनलाइनमार्फत फर्म भर्न सक्ने आयोगले जनाएको छ।
 

प्रकाशित: Feb 28, 2021| 08:03 आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्