आइतबार, चैत १, २०८२

झापाको शिवसताक्षीमा मेयर कप खेलकुद प्रतियोगिता हुने

झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ।
 |  शुक्रबार, फागुन १४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १४, २०७७

झापा- झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ।

National life

८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कबर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ।

आयोजकका अनुसार फागुन १७ देखि २८ गतेसम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र व्याडमिन्टनमा स्पर्धा हुनेछन्। 

शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गका अनुसार नगरस्तरीय फुटबलका बिजेताले ७५ हजार पाउने छ भने उपविजेताले ४१ हजार नगद पुरस्कार पाउने छ। 

फुटबलका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ दि म्याचले १४ हजार पाउने छन्। प्रतियोगितामा सर्वाधिक गोल गर्ने वडाले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए। बेष्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईकरले जनही ५ हजार पाउने छन्। फुटवल दुधेको क्षेत्रीय रंगशालामा १७ गतेदेखि २८ गतेसम्म हुनेछ।

Laxmi sunrise bank
kumari

यस्तै भलिबल खेलमा विजेता वडाले ५० हजार पुरस्कार पाउने छ भने उपविजेताले ३० हजार पाउने छ। पारावारीको खेल मैदानमा १८ गतेदेखि हुने भलिबल खेलमा म्यान अफ दि म्याच खेलाडीले १४ हजार र बेष्ट प्लेयरले ७ हजार पाउने छन्। 

महिला तथा पुरुष दुवैको एथलेटिक्सि प्रतियोगिता २२ गतेदेखि हुने भएको छ। व्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सयदेखि ३ हजार मिटर दूरीसम्मको हुनेछ। आयोजकका अनुसार छेलो खेलमा महिला पुरुष दुवैले सहभागिता जनाउने छन्। लङजम्प महिला–पुरुष र हाईजम्पमा महिला मात्र सहभागी हुने छन्। एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ।

मेयरकप अन्तर्गत क्रिकेट १९ गतेदेखि झिलझिले खेलमैदानमा हुनेछ। आयोजक समितिका लक्ष्मण अधिकारीले दिएको जानकारीअनुसार बिजेता वडाले ५० हजार र उपविजेताले ३० हजार पाउने छ। क्रिकेटको म्यान अफ दि म्याचले १४ हजार, म्यान अफ दि सिरिजले ३ हजार र बेष्ट प्लेअरले ५ हजार पाउने आयोजकले जानकारी दिएको छ।

मेयर कपमा कराँते खेल पनि हुनेछ। कराँते महिला र पुरुष दुबैको हुनेछ। माईधारको कबर्ड हलमा २२ गतेदेखि हुने उक्त प्रतियोगिताका विजेताले २० हजार पाउने समितिका प्रेम फुँयालले बताए। आयोजकका अनुसार कबड्डी २६ गतेदेखि र बुद्धिचाल पनि २० गतेदेखि दुधेमा हुने छ। कबड्डीका बिजेताले १५ हजार र उपविजेताले १० हजार पाउने छन्। यस्तै बुद्धिचालका बिजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन्।

व्याडमिन्टन तर्फको खेल माईधारमा हुनेछ। सो विधाका डबल बिजेता खेलाडीले १० हजार र सिङगल बिजेताले ५ हजार पाउने छन्। यस्तै दोस्रो डबल बिजेताले ५ हजार र दोस्रो सिङगल बिजेताले ३ हजार पाउने छन्।

नगरपालिकाले प्रतियोगिताका लागि चालू आर्थिक वर्ष ०७७÷०७८ मा १५ लाख रकम विनियोजन गरेको थियो। गत वर्ष कारोना भाइरसका कारण रोकिएको उक्त प्रतियोगिता फेरि सञ्चालनको तयारी भएको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए। आयोजकले सबै विधाका खेलमा ५ लाख २९ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ।

प्रकाशित: Feb 26, 2021| 11:48 शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।