काठमाडौं – इन्डिया–इंग्ल्यान्डबीच तेस्रो टेस्ट क्रिकेट दुई दिनमै सकियो। खेल इन्डियाले जित्यो तर प्रश्न उठिरहेको छ– टेस्ट क्रिकेटका लागि यस्तो जित गर्व गर्नलायक छ? प्रतिस्पर्धा अहमदाबादमा भएको थियो।
यसअघि चेन्नईमा भएको दोस्रो टेस्टमा पनि धेरैलाई आनन्द आएको थिएन। यो सिरिजअघि अस्ट्रेलियामा इन्डियाले जुन तरिकाले खेल जितेको थियो। त्यो चेन्नईको चिदम्बरम् रंगशालामा पनि देखिएन।
यिनै विषयमा सामाजिक सञ्जाल भरिएपछि क्रिकेट समीक्षक अयाज मेननले यस्तो प्रकृतिको खेलमा पिचको ठूलो भूमिका रहने बताएका छन्। उसो त पिचलाई दोष दिन मिल्दैन। तर उत्कृष्ट ब्याट्समेन हुँदाहुँदै बल फाल्नु मात्र पनि खेल जित्नुको कारण हुन सक्छ भने त्यहाँ गलत भइरहेको मेननको दाबी छ।
उनी भन्छन्, ‘खेलको दोस्रो दिनमै इन्डियाको एकै पारीमा सात विकेट गिर्नुले तानाव दिन्छ। त्योभन्दा पनि हैरान बनाउने कुरा त जेम्स एन्डरसन, क्रिस ब्राड र जोफ्रा आर्चर हुँदाहुँदै जोय रुटले पाँच विकेट गिराउनु हो।’
इंग्ल्यान्डले पहिलो पारीमै दुई सय प्लस रन बनाएको थियो भने परिणाम अर्कै हुने उनको भनाइ छ। तर त्यस्तो भएन।
यसो भन्दैमा इंग्ल्यान्डका जोय रुट र बेन स्टोक्सले आक्रामक ब्याटिङ गर्दैनन् भन्न मिल्दैन। उनीहरुले पनि नरेन्द्र मोदी रंगशालामा आक्रामक ब्याटिङ गर्न सक्थे। तर उनीहरु मात्र होइन, इन्डियाका विराट कोहली, रोहित शर्मा र चतेश्वर पुजारा पनि कम रनमै आउट भएका थिए।

जितका लागि बनाइएको पिच ठिक छैन
एउटा यस्तो विकेट जसमा स्पिनरले मात्र लगातार बलिङ गर्नुपर्छ, टेस्टका लागि त्यो कुरा ठिक हो?
मेनन भन्छन्, ‘रेकर्ड बनाउन वा जित्नका लागि यस्तो पिच बनाउनु ठिक हुँदैन। दर्शक पनि पेचिलो र उत्कृष्ट क्रिकेट हेर्नका लागि मैदानमा आउँछन्। यस्तो विकेटमा त ब्याट्स्मेनलाई थाहै हुँदैन अघि वा पछि कसरी खेल्ने हो भनेर।’
इन्डिया र अस्ट्रेलियाको पछिल्लाले खेल देखेर मेननलाई एडिलेड टेस्टको याद आएको छ। जहाँ इन्डिया ३६ रनमा समेटिएको थियो।
‘अहमदाबादको विकेट खराब त छँदै छ। त्यसलाई पाटा विकेट पनि भनिन्छ जहाँ बलरलाई सहयोग हुँदैन र ब्याट्स्मेनले सजिलै रन बनाउन सक्छन्। तर टेस्ट क्रिकेटमा त ब्याट्स्मेन र बलर दुवैलाई बराबरी सहयोग हुने विकेट चाहिन्छ।’
यो अहमदाबादको खेलअघि इन्डियाका ब्याट्स्मेन रोहित शर्माले भनेका थिए, ‘इन्डियाले विदेशमा ग्रिन विकेट हुन्छ भनेर कहिल्यै गुनासो गरेन। खेलको कुरा हुनुपर्छ।’
अब शर्मालाई उत्तर दिन यो प्रश्न बाँकी छ, अहमदाबादमा कस्तो खेल भएको हो? अक्षर पटेलले कमालको ब्याटिङ गरेर इन्डियाका लागि छ विकेट लिए भन्न मिल्ला?
जब इंग्ल्यान्ड टस जितेर पहिला ब्याटिङ गर्दै थियो तब पूर्वकप्तान सुनिल गावस्कर र पूर्व ब्याट्स्मेन बीबीएस लक्ष्मण भन्दै थिए, ‘इंग्ल्यान्डका ब्याट्स्मेन चेन्नईमा हारेपछि स्पिनरसँग ब्याकफुटमा खेल्ने रणनीति बनाएर खेलिरहेका छन्।’
उनले भनेको सही पनि हुन सक्छ तर पछि दुवैले स्वीकारे इंग्ल्यान्डले रक्षात्मक खेले पनि विकेट नै उस्तो थियो जहाँ स्पिनरले बल सीधा फाल्नुपर्ने थियो।
यस्तो विकेटमा इंग्ल्यान्डका जोय रुट, जोनी बेयरस्टो र बेन स्टोक्समात्र नभएर इन्डियन ब्याट्स्मेन पनि असक्षम देखिए। तर जहाँ हरेक बलमा विकेट गिर्ने खतरा हुन्छ र पनि त्यहाँ इन्डिया–अस्ट्रेलिया, इन्डिया–इंग्ल्यान्डजस्तो टफ सिरिजमा खेलाडी संघर्ष गर्छन् त्यो नै सही अर्थमा क्रिकेट हो।
समीक्षक मेनन भन्छन्, ‘त्यस्तै क्रिकेटले टेस्ट क्रिकेटको लोकप्रियता बढेको थियो। अन्तिम बलसम्म पनि मानिसको धड्कन बढिरहेको हुन्थ्यो।’
तर अहमदाबादमा त्यस्तो देखिएन। यस कारण पूर्व राष्ट्रिय खेलाडी चयनकर्ता अशोक मल्होत्रा पनि रुष्ट देखिन्छन्। उनका अनुसार इन्डियन टिमले जितको गर्व महसुस गर्यो तर यो कुराले सधैं मनमा तिक्तता पैदा गर्छ।
उनी भन्छन्, ‘इन्डियाको आजको टिम प्रतिभाशाली खेलाडीको टिम हो। न कि सत्तरीको दशकमा जस्तो कमजोर। जितका लागि यस्तो विकेट पहिले–पहिले बनाइन्थ्यो। अब यस्तो आवश्यक छैन। र, फेरि दर्शक पनि पाँच दिनको टेस्ट हेर्नका लागि पैसा दिएर टिकट लिन्छन्। त्यस्तो विकेटबाट के फाइदा जहाँ ब्याट्स्मेन दुई दिन पनि टिक्दैनन्?’
यस्तो विकेटमा बलिङलाई पनि केही जस दिँदै उनी भन्छन्, ‘इन्डियन बलरले सही शैलीमा बल गरेका छन्। जुन सजिलो थिएन। तर यस्तो विकेटले मन खुसी बनाउँदैन।’
अब इन्डिया र इंग्ल्यान्डको अघिल्लो खेल पनि यही विकेटमा हुँदै छ। मल्लोत्राका अनुसार अवस्था यस्तो रह्यो र आउँदो खेलको पहिलो पारीमा इंग्ल्यान्डले २५० रन बनाउन सक्यो भने इन्डिया सहजै पराजित हुन सक्नेछ।
उनलाई एउटा मात्र होइन, दुई कुराले सताएको छ। ‘इंग्ल्यान्ड ११२ रनमा अल आउट हुँदा त ठिकै थियो तर पहिलो पारीमा इन्डियाले पनि घरेलु मैदानमा १४५ रन मात्र बनायो,’ उनले भने।
उनले थपे, ‘योभन्दा ठूलो कुरा त टेस्ट क्रिकेटको गिर्दो लोकप्रियताबीच पिंक बल, डे–नाइट टेस्ट खेलको कुरा गर्ने मान्छेले के सोच्छन् जब खेल दुई दिनमै सकिन्छ।’
जे होस् त्यही पिचको विवादले इन्डियाको जित बेस्वादिलो भएको छ। अहमदाबादको टेस्ट विकेटमा उडिरहेका धुलोसँगै नयाँ रंगशालाको छवि पनि उडिरहेको छ। रंगशालाको मानमा ठेस पुगेको छ। जहाँ लाखौं दर्शकले खेल हेर्न सक्छन् तर दुई दिनमै कुनै पनि क्रिकेट प्रेमीको मन भरिँदैन।

यस्तो थियो खेलको नतिजा
पुनर्निर्माणपछि इन्डियाको नरेन्द्र मोदी रंगशालामा पहिलो पटक भएको डे–नाइट टेस्ट क्रिकेटमा इन्डियाले इंग्ल्यान्डलाई १० विकेटले हराएको थियो।
टस जितेर ब्याटिङ सुरु गरेको इंग्ल्यान्डलाई इन्डियाका स्पिनर अक्षर पटेलले ६ र रविचन्द्र अश्विनले तीन विकेट गिराएपछि पाहुना टिम ११२ रनमा समेटिएको थियो।
जवाफी ब्याटिङमा इंग्ल्यान्डका जोय रुटले पाँच र ज्याक लिचले चार विकेट लिएपछि इन्डिया पनि १४५ रनमै अलआउट भयो।
पहिलो इनिङ नै कमजोर देखिएको टेस्टमा दोस्रो इनिङ अझै नाटकीय बन्यो। दोस्रो इनिङमा पनि अक्षर पटेलले पाँच, रविचन्द्र अश्विनले चार र वासिंटन सुन्दरले एक विकेट गिराएपछि इंग्ल्यान्ड ८१ रनमा समेटियो।
त्यसपछि ४९ रनको लक्ष्य पाएको इन्डियाले विना विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
बीबीसी हिन्दीबाट