बिहीबार, फागुन २८, २०८२

भारत र पाकिस्तानबीच नियन्त्रण रेखामा गोली नचलाउने सहमति

भारत र पाकिस्तानका सैनिकबीच नियन्त्रण रेखामा गोली नचलाउने सहमति भएको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

एजेन्सी- भारत र पाकिस्तानका सैनिकबीच नियन्त्रण रेखामा गोली नचलाउने सहमति भएको छ। आजै रातिदेखि यो सहमति कार्यान्वयन हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

National life

दुवै देशले यसअघि लगातार युद्धबिराम उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए। एकअर्का देशलाई युद्धबिराम उल्लंघन गरेको आरोप लगाउँदै दुवै पक्षले लगातार गोलाबारी गर्दै आएका थिए। जसका कारण नियन्त्रण रेखा आसपासका गाउँ नराम्ररी प्रभावित भएका थिए।

दुवै देशको एक संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुवै पक्ष नियन्त्रण रेखा र अर्को सेक्टर्समा सबै सम्झौता, आपसी सहमति र युद्धबिराम २४–२५ फेब्रुअरीको मध्यरातिदेखि सख्त पालना गर्नेछौँ।’

दुवै देशका सेनाले छलफलका क्रममा नियन्त्रण रेखा र सबै क्षेत्रमा परिस्थितिको समीक्षा गरेका थिए। दुवै देशका सेनाले हटलाइनको माध्यमबाट छलफल गरेका हुन्। 

प्रकाशित: Feb 25, 2021| 09:00 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।