शनिबार, असार २७, २०८३

रियलको जितमा मेन्डी बने नायक

फरल्यान्ड मेन्डीले च्याम्पियन्स लिगमा पहिलो गोल गरेसँगै स्पेनिस क्लब रियल मड्रिडले एटलान्टामाथि साँघुरो जित निकालेको छ।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं – फरल्यान्ड मेन्डीले च्याम्पियन्स लिगमा पहिलो गोल गरेसँगै स्पेनिस क्लब रियल मड्रिडले एटलान्टामाथि साँघुरो जित निकालेको छ।

च्याम्पियन्स लिग, अन्तिम १६ को खेलअन्तर्गत एटलान्टाको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियलले घरेलु टिमविरुद्ध १–० गोलको जित निकालेको हो।

८६ औं मिनेटमा लुका मोड्रिचको पासमा मेन्डीले गोल गर्नुअघि सुगठिन एटलान्टाको टिमसँग रियल साविकभन्दा फितलो देखिएको थियो।

इतिहासमै पहिलोपटक भिडेका यी दुई टिममा पहिलो खेलमै जित निकालेर आफूलाई सावित गर्ने दाउमा थिए। तर, सो अवसर खेलको अन्तिममा रियलले पायो।

यता खेलको १७ औं मिनेटमा रियलका मेन्डीलाई गोल गर्ने अवस्थामा फाउल गरेपछि एटलान्टाका रेमो फ्रेउलर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

१० खेलाडीमा सीमित टिमले रियलको पोस्टमा कुनै प्रहार गर्न सकेनन्। अब उसले १६ मार्चमा हुने खेलमा जित निकाल्न सके क्वार्टरफाइनलको लागि ढोका खुल्न सक्नेछ।

दोस्रो लेगको खेल रियलको मैदानमा हुनेछ।

प्रकाशित: Feb 25, 2021| 02:12 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।