बिहीबार, भदौ १८, २०८३

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्ने भएको छ। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं - नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्ने भएको छ। 

बैठक आज दिउँसो २ बजे बस्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । 

यसअघि केन्द्रीय सचिवालय बैठक पनि पेरिसडाँडामा बसेको थियो। 

चितवनमा हुने कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि आज बिहानै काठमाडौं फर्किएका थिए। त्यस लगत्तै अहिले सचिवालयको बैठक बसेकाे थियाे।

आजै दाहाल–नेपाल समूहले संसदीय दलको बैठक पनि बोलाएको छ।

यस्तै नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पुगेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि यसबारे छलफल गर्न उनीहरू देउवा निवास पुगेका हुन्।

अध्यक्षद्वयले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेको बताइएको छ।

सर्वोच्चको फैसलालगत्तै हिजो नै देउवा र अध्यक्ष दाहालबीच टेलिफोन वार्ता भएको थियो।

टेलिफोन वार्तामा देउवा र दाहालले आज भेटेर छलफल गर्ने निधो गरेका थिए।

प्रकाशित: Feb 24, 2021| 07:42 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।