शनिबार, असार २७, २०८३

इन्डिया–इंग्ल्यान्ड तेस्रो टेस्ट आजबाट

चार खेलको इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेल आज (बुधबार)बाट सुरु हुँदैछ। डे–नाइट शैलीको टेस्ट आज दिउँसो साढे दुई बजेबाट अहमदाबादको मोटेरा रंगशालामा सुरु हुनेछ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काडमाडौं– चार खेलको इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गतको तेस्रो खेल आज (बुधबार)बाट सुरु हुँदैछ। डे–नाइट शैलीको टेस्ट आज दिउँसो साढे दुई बजेबाट अहमदाबादको मोटेरा रंगशालामा सुरु हुनेछ।

पछिल्लो दुई खेलमा १–१ जित निकालेर समान अवस्थामा रहेका यी दुई टिमले आज सुरु भएको खेलसँगै अग्रता बनाउने अवसर पाउनेछन्।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत रहेको टेस्ट सिरिजका पहिला दुई खेल चेन्नईस्थित चिदम्बरम् रंगशालामा भएका थिए।

सुरुआति खेलमा पाहुना टिम इंग्ल्यान्डले २२७ रनको जित निकालेको थियो भने दोस्रो खेलमा दोस्रो खेलमा आयोजक इन्डियाले ३१७ रनको सानदार जित निकाल्यो।

दोस्रो खेलमा इंग्ल्यान्डका सबै विकेट स्पिन बलरले लिएका थिए। त्यस्तै, आजबाट सुरु भएको तेस्रो टेस्ट फेब्रुअरी २८ मा सकिने छ।

त्यसपछि हुने चौथो तथा अन्तिम खेल यही मैदानमा मार्च ४ देखि ८ सम्म सञ्चालन हुनेछ।
 

प्रकाशित: Feb 24, 2021| 07:14 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।