बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा ओली समूहको स्थायी कमिटी बैठकमा दर्जन बढी सदस्य सहभागी

नेकपा ओली समूहको स्थायी कमिटी बैठकमा दर्जन बढी सदस्य सहभागी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा ओली समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानीमन्त्री मणिचन्द्र थापा, उद्योगमन्त्री लेखराज भट्ट, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल, विष्णु रिमाललगायतको सहभागिता छ।

सर्वोच्च अदालतले हिजो मंगलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएपछि प्रधानमन्त्रीले स्थायी कमिटी बैठक बोलाएका हुन्। 

उता, नेकपाकै अर्को समूह भने सर्वोच्चको फैसलाको स्वागतमा विजयोत्सव मनाइरहेको छ। 

प्रकाशित: Feb 24, 2021| 06:59 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।