आइतबार, चैत १, २०८२

च्याम्पियन्स लिग : जितको दाउमा रियल र म्यानचेस्टर सिटी

यूईएफए च्याम्पियन्स लिगअन्र्तगत आज (बुधबार) राति पौने दुई बजे (नेपाली समयअनुसार) दुई खेल हुँदैछन्। एक खेल इटालीमा हुनेछ भने अर्को हंगेरीमा।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगअन्र्तगत आज (बुधबार) राति पौने दुई बजे (नेपाली समयअनुसार) दुई खेल हुँदैछन्। एक खेल इटालीमा हुनेछ भने अर्को हंगेरीमा।

National life

इटालीको एट्लेटी अज्जुरी डि’ इटालिया रंगशालामा हुने खेलमा स्पेनिस टिम रियल मड्रिडले घरेलु टिम एटलान्टाको सामना गर्नेछ।

प्रशिक्षक जिनेदिज जिदानको प्रशिक्षणमा लगातार तीन उपाधि जितिसकेको रियल अन्तिम १६ को पहिलो लेगको खेलमा जित निकाल्दै क्वार्टरफाइनलको यात्रा सहज बनाउन चाहन्छ।

तर रियलले एटलान्टासँग इतिहासमै पहिलोपटक भेट गर्नेछ। त्यसैले यी दुवै क्लबका लागि यो खेल महत्वपूर्ण रहनेछ। एटलान्टाले च्याम्पियन्स लिगमा गत वर्ष स्पेनिस टिम भ्यालेन्सियाविरुद्ध ८–४ गोलअन्तरको जित निकालेको थियो। 

यता, भ्यालेन्सियाभन्दा रियल मड्रिड बलियो टिम मानिन्छ। यसकारण एटलान्टालाई घरेलु मैदानमा जित निकाल्न गत सिजनमा जस्तो सजिलो भने हुनेछैन।

Laxmi sunrise bank
kumari

स्पेनिस टिम रियलले इटालियन टिमविरुद्धका पछिल्ला १९ खेलमा गोल गर्न सफल भएको छ। उसलाई गोलको यो यात्रामा युभेन्टसले मात्र २–० गोलअन्तरले रोक्न सकेको थियो।

१९९६–९७ यता लगातार २४ औं पटक नकआउट चरणमा पुगेको रियल २५ औं पटक नकआउट पुगेको म्यानचेस्टर युनाइटेड (२००९) भन्दा एक स्थान पछि छ।

यता एटलान्टाले पछिल्लो सिजन पनि क्वार्टरफाइनलको यात्रा गरेको थियो। यसकारण अझ अघि पुग्ने तयारीका साथ ऊ च्याम्पियन्स लिगमा होमिएको छ।

तर अन्तिम १६ मा समावेश टिममध्ये एटलान्टाको घरेलु मैदानमा उपस्थिति राम्रो छैन। त्यस्तै, जर्मनीमा कोभिड–१९ ले उत्पन्न स्वाथ्य सुरक्षा जोखिमका कारण हंगेरीको बुढापेस्टमा सारिएको खेलमा बोरुसिया मोन्छेनग्लाडबाखले इंग्लिस प्रिमियर क्लिब म्यानचेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्नेछ।

यो आतिथ्यतालाई इंग्लिस लिगलिडर जितमा बदल्न चाहन्छ भने घरेलु टिम पनि क्वार्टरफाइनल प्रवेशको आधार बनाउन चाहन्छ।

यी दुई क्लबले आज सातौं पटक युरोपियन प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। युरोपियन खेलमा यो नम्बरमा खेल हुनु धेरै राम्रो मानिन्छ। यसक्रममा सिटी जर्मन क्लब ग्लाडबाखसँग च्याम्पियन्स लिगमा अपराजित छ।

तर युरोपियन कप (१९७८–७९)मा भने ग्लाडबाखले सिटीलाई समग्र ४–२ गोल अन्तरले हराएको थियो। पछिल्लो नतिजा हेर्दा ग्लाडबाखले नौ घरेलु खेलमध्ये दुईमात्र जित निकालेको छ। तर अवे खेलमा पूरा अंक गुमाएको छैन।

प्रकाशित: Feb 24, 2021| 06:28 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।