बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा ६ महिनामा पाँच हात्तीकाे मृत्यु, स्वास्थ्य शिविर गरिँदै

चितवनमा ६ महिनामा पाँच हात्तीकाे मृत्यु, स्वास्थ्य शिविर गरिँदै

प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँचवटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

चितवन - प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँचवटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ।

निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको छ। 

अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि नै शिविर गर्न लागिएको हो। शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने उनले बताए। 

हात्तीलाई प्रत्यक्ष हेरेर अवस्थाको बारेमा बुझिँदै छ। निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरू परीक्षणमा सहभागी हुनेछन्।

कतिपय हात्ती मात्तिएर मानवीय क्षतिसमेत हुने गरेको भन्दै उनले त्यसको पूर्वावस्थाको बारेमा पनि अध्ययन गरिने जानकारी दिए। 

यसैक्रममा ती हात्तीहरूलाई जुकाको औषधिसमेत खुवाइने छ। निकुञ्जको मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि अन्य हात्तीको परीक्षणका लागि नमूना लिएर राखिएको छ। ती नमूना काठमाडौं पठाइने उनको भनाइ छ। 

चालु आर्थिक वर्षको हालसम्म निकुञ्जमा पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन्। 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन्।

पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टालाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ। 

हाल निकुञ्जमा ५१ वटा हात्ती छन्। ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यहीँ काम गरिरहेका छन्। 

निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र छ। केन्द्रमा जंगली हात्ती ध्रुवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन्।

त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालिमपछि काममा पठाउने गरिन्छ। 

निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ। विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ। रासस

प्रकाशित: Feb 24, 2021| 06:21 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।