बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : भीम रावल

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

धनगढी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतको फैसलापछि ओलीको प्रधानमन्त्री पदमा रहने सबै आधार समाप्त भएको बताएका हुन्।

सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटन असंवैधानिक र स्वेच्छाचारी भएको प्रमाणित गरेको उनकाे भनाइ छ।

१३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश बमोजिम प्रतिनिधिसभा अगाडि बढ्ने रावलकाे भनाइ छ। 

अहिलेको अवस्थामा सरकार गठन गर्ने भन्दा लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा रहेको उनले बताए।

प्रकाशित: Feb 24, 2021| 05:53 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।