बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेरिसडाँडामा नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक

पेरिसडाँडामा नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

प्रतिनिधिसभा विघटन बदर गर्दै सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि नेकपाको सचिवालय बैठक बसेको हो।

चितवनमा हुने कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि आज बिहानै काठमाडौं फर्किएका थिए। त्यस लगत्तै अहिले सचिवालयको बैठक बसिरहेको हो। 

आजै दाहाल–नेपाल समूहले संसदीय दलको बैठक पनि बोलाएको छ। अपरान्ह पार्टी कार्यालयमा नै संसदीय दलको बैठक बस्ने बताइएको छ। 

संसद् पुनःस्थापना भएपछि आज मध्यान्ह १२ बजे काठमाडौंको शान्तिबाटिका लगायत देशैभर विजय सभाको कार्यक्रम आयोजना गरिँदै छ।

प्रकाशित: Feb 24, 2021| 05:48 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।