बिहीबार, भदौ १८, २०८३

वामदेव गौतमले मागे प्रधानमन्त्री ओलीको राजीनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। 

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताएका हुन्। 

साथै उनले पुष्पकमल दाहाल र ओलीलाई नेकपा सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा डाक्न पनि आग्रह गरेका छन्। 

गौतमले राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत् संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने पनि बताएका छन्। 

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता २०७७ फागुन ११ गतेको दिन ऐतिहासिक महत्त्वको रहेको छ,’ उनले भनेका छन्, ‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।’

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक ठहर भएको भन्दै गाैतमले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दूराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएकाे बताए। 

साथै उनले प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन्। 

प्रकाशित: Feb 24, 2021| 04:15 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।