बिहीबार, भदौ १८, २०८३

प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। 
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। 

आफ्नो सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे उनले स्थायी कमिटी बैठक बोलाएका हुन्। उनी निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए।

सर्वाेच्च अदालतले संसद् विघटन बदर गरेपछि आगामी रणनीतिबारे छलफलका लागि बैठक बस्न लागेको हो। 

सर्वाेच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो।

नेता मण्डलले अहिले विकसित राजनीतिक घटनाक्रमका बारेमा बैठकमा छलफल हुने जानकारी दिए।

प्रकाशित: Feb 24, 2021| 03:45 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।