शनिबार, असार २७, २०८३

लाजियोलाई परास्त गर्दै बायर्नको अपराजित यात्रा कायम

अन्तिम १६ को अवे खेलमा गोल गरेका बार्यनका जमल मुसिया च्यापियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा इंग्लिस खेलाडी बनेका छन्।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं – अन्तिम १६ को अवे खेलमा गोल गरेका बार्यनका जमल मुसिया च्यापियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा इंग्लिस खेलाडी बनेका छन्।

साविक विजेता बायर्नले इटालियन क्लब लाजियोलाई परास्त गर्ने क्रममा ४–१ गोलको जित निकाल्यो।

उक्त सानदार जित निकाल्ने क्रममा मुसियाले दोस्रो गोल गर्दै आफूलाई च्याम्पियन्स लिगमा स्थापित गरे। त्यसअघि नै (खेलको नवौं मिनेटमा) बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता बनाइसकेका थिए।

सो अग्रतालाई अघि बढाउने क्रममा लेरोय सानेले खेलको ४२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै बायर्नले ३–० गोलअन्तर बनाएको थियो।

दोस्रो हाफमा पनि बायर्नले कोसेली पायो। लाजियोका फ्रान्सेस्को एसेर्बीले खेलको ४७ औं मिनेटमा आत्मघाती गोल गरेपछि बायर्नको अग्रता ४–० भयो।

तर, ४९ औं मिनेटमा लाजियोका जोक्विन कोरियले सात्वना गोल गरेपछि गोल गर्ने क्रम समाप्त भयो। त्यसपछि दुवै क्लबले सुट गोलमा परिणत हुन नसेपछि खेल ४–१ गोलअन्तरले बायर्नले जित्यो।

यो जितसँगै बायर्न च्याम्पियन्स लिगका १८ खेलमा लगातार अपराजित छ। च्याम्पियन्स लिगमा यो चौथो लामो यात्रा हो। जहाँ म्यानचेस्टर युनाइटेड २००९ मा २५ खेल अपराजित थियो।

त्यस्तै लेवान्डोस्कीले च्याम्पियन्स लिगका ९२ खेलमा ७२ गोल गरेका छन्। यससँगै उनी सर्वाधिक गोलकर्ताको तालिकामा तेस्रो स्थानमा छन्।

१३४ गोल गरेका क्रिस्टियानो रोनाल्डो शीर्षस्थानमा छन् भने ११९ गोल गरेका मेस्सी दोस्रो स्थानमा छन्।

प्रकाशित: Feb 24, 2021| 02:16 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।