बिहीबार, भदौ १८, २०८३

चेल्सीको संघर्षपूर्ण जित

 फरवार्ड ओलिभिए जिरुको ओभरहेड किमसँगै प्रिमियर क्लब चेल्सीले एट्लेटिको मड्रिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 |  बुधबार, फागुन १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १२, २०७७

काठमाडौं –  फरवार्ड ओलिभिए जिरुको ओभरहेड किमसँगै प्रिमियर क्लब चेल्सीले एट्लेटिको मड्रिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

रोमानियाको राजधानी बुखरेस्टमा सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले १–० गोलको जित निकालेको हो।

जिरुको गोलले अवे म्याचको लागि महत्त्वपूर्ण मात्र नभएर यसले प्रशिक्षक थोमस टुचेलको अपराजित यात्रा पनि सुरक्षित गर्न सहयोग गरेको छ।

खेलको ६८ औं मिनेटमा भएको गोललाई सुरुमा अफसाइड दिइएको भए पनि भीएआरको सहयोगबाट गोल स्पष्ट रहेको देखिएपछि मात्र चेल्सीले अग्रता बनाएको थियो।

खेलपछि जिरुको प्रशंसा गर्दै चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘यदि तपाईंले उसलाई दैनिक देख्नुभयो भने यो कुरा सामान्यजस्तै लाग्छ। ३४ वर्षका भए पनि पूरै फिट छन्। उनको फिजिकालिटी उत्कृष्ट छ।’

‘उनी २० वर्षे, २४ वर्षे खेलाडीजस्तै अभ्यास गर्छन्। उनीसँग अभ्यासको गहिराइ र आनन्द बुझ्न सक्ने क्षमता छ,’ टुचेलले थपे।

चेल्सी र एथ्लेटिकोबीच दोस्रो लेगको खेल आगामी मार्च १८ मा हुनेछ।

प्रकाशित: Feb 24, 2021| 01:45 बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।