बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीका प्रेस सल्लाहकार भन्छन्- सर्वोच्चको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न

ओलीका प्रेस सल्लाहकार भन्छन्- सर्वोच्चको फैसला विवादास्पद छ, प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने स्पष्ट पारेका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने स्पष्ट पारेका छन्। 

सर्वोच्च अदालतले संसद् विघटन अंसवैधानिक भएको भन्दै पुनःस्थापना गर्ने निर्णय गरेपछि ओलीका तर्फबाट यस्तो प्रतिक्रिया आएको हो। 

सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना भएपछि विभिन्न दलले अब ओलीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। प्रेस सल्लाहकार थापाको भनाइअनुसार अब ओली संसद्मा अविश्वासको प्रस्ताव सामना गर्ने पक्षमा छन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव सामना गरेर नै फैसला कार्यान्वयन गर्ने थापाकाे भनाइ छ।

'सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ', थापाले  सामाजिक सञ्जालमा लेखेका छन्, यसका  दुष्प्रभाव भविष्यमा देखिँदै जाने निश्चित छ।'

उनले संसद् पुनः स्थापनाबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि नरहेको दाबी गरेका छन्। थापाले भनेका छन्, 'बरु अस्थिरता अझै बढ्नेछ। सत्ताको खेल बढ्नेछ।'

प्रकाशित: Feb 23, 2021| 17:29 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।