बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् पुनर्स्थापनाको फैसलालगत्तै देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी?

संसद् पुनर्स्थापनाको फैसलालगत्तै देउवा र दाहालबीच फोनवार्ता, के भयो कुराकानी?

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता भएको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता भएको छ।

टेलिफोन वार्तामा प्रतिनिधिसभा पुनर्स्थापना भएको प्रति दुवै नेताले खुसी व्यक्त गर्दै बधाई साटासाट गरेका थिए।  
स्रोतका अनुसार सर्वोच्चको फैसलाका स्वागत गरेका दुवै नेताले आगामी राजनीतिक परिदृश्यका बारेमा छलफलसमेत गरेका छन्।  

सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको सिफारिसलाई बदर गर्दै १३ दिनभित्र संसद् बैठक आह्वान गर्न आदेश दिएको छ। 

यस्तो अवस्थामा भावी रणनीति तय गर्ने विषयमा देउवा र दाहालबीच छलफल भएको छ। दाहाल अहिले चितवनमा छन्। उनी भोलि काठमाडौं आउने कार्यक्रम छ। चितवनबाट फर्किएलगत्तै दुई नेताबीच थप छलफल हुने भएको छ।  
दाहालले यसअघि नै देउवालाई भावी प्रधानमन्त्री भएको बताउँदै आएका छन्।

प्रकाशित: Feb 23, 2021| 16:09 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।