बिहीबार, भदौ १८, २०८३

सर्वोच्चको फैसलापछि लड्डु खाए दाहाल–नेपालले

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरिदिएपछि नेकपा दाहाल–नेपाल समूहमा अहिले खुसियाली छाएको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरिदिएपछि नेकपा दाहाल–नेपाल समूहमा अहिले खुसियाली छाएको छ। शीर्षदेखि तल्लो तहका नेता–कार्यकर्ताले सर्वोच्चको आदेशको स्वागत गरेका छन्।

कतिपय ठाउँमा कार्यकर्ताले दीपावलीसमेत गरेका छन्।

दाहाल–नेपाल समूहले सर्वोच्चको फैसलालाई जनताको जित भनेको छ। चितवनमा रहेका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संवैधानिक इजलासले ऐतिहासिक र साहसिक फैसला गरेको प्रतिक्रिया दिएका छन्।

आफूहरुको पनि जित भएको भन्दै उनीहरुले लड्डु पनि खाएका छन्। दाहालले नेपाललाई र नेपालले दाहाललाई लड्डु खुवाइदिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  

प्रकाशित: Feb 23, 2021| 14:06 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।