बिहीबार, भदौ १८, २०८३

संसद् पुनर्स्थापना भएको खुसीयालीमा दीप प्रज्वलन 

संसद् पुनर्स्थापना भएको खुसीयालीमा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– संसद् पुनर्स्थापना भएको खुसीयालीमा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ। 

नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन्। 

उनीहरूले प्रतिगमनविरुद्ध नारा लगाएका छन्। कार्यकर्ताले न्यायालय ‘वी लभ यू’ भन्दै खुसीयाली मनाए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै सत्तारुढ दल नेकपा व्यावहारिकरुपमा फुटेको छ। 

दाहाल–नेपाल समूह भने विघटनको विरुद्ध आन्दोलनमा थियो। 
 

प्रकाशित: Feb 23, 2021| 13:29 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।