बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेकपा दाहाल–नेपाल समूह

अब ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेकपा दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

संसद् विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको निर्णयपछि नेपाल समयसँग संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले भने, 'अब असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ।’

उनले अदालतको फैसलाले लोकतन्त्र र संविधानको जित भएको बताए।

उनले भने, ‘संविधानअन्तर्गत आफूलाई दिएको जिम्मेवारी सर्वोच्च अदालतले अत्यन्तै गम्भीरतापूर्वक आत्मसात् गरेर पूरा गरेको छ। देश, संविधान र लोकतन्त्रको रक्षा गरेको छ।’

उनले अब संसद् बैठक बसेर संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताए। उनले आफूहरुको आन्दोलनको पहिलो लक्ष्य पूरा भएकाले अब समीक्षा गरेर अघि बढ्ने बताए। 

प्रकाशित: Feb 23, 2021| 12:56 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।