आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘बी’ डिभिजन लिगमा शीर्षस्थानको सातदोबाटो र खुमलटारको अंक बराबरी 

‘बी’ डिभिजन लिगमा शीर्षस्थानको सातदोबाटो र खुमलटारको अंक बराबरी 

सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा खुमलटार युथ क्लबले जित निकालेको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा खुमलटार युथ क्लबले जित निकालेको छ।

National life

सातदोबाटोस्थित एन्फाको मैदानमा सम्पन्न खेलमा खुमलटारले पुल्चोक स्पोर्टस् क्लबलाई ५–२ गोलअन्तरले हराएको हो।

खुमलटारको जितका लागि महेश राईले दुई गोल गरे भने सविन केसी, आयुष घलान र मनिष सेढाईंले समान १–१ गोल गरे। यता पुलचोकका वीरबहादुर गुरुङ र किस्मत लिम्बूले गोल फर्काएका थिए।

खेलको २९ औं मिनेटमा सोलो गोल गर्दै खुमलटार युथ क्लबलाई सुरुआति अग्रता दिलाएका थिए। पुलचोकका किपरबाट लेफ्ट कर्नरतिर रिबाउन्ड भएको गोललाई पुनः एकपटक प्रहार गर्दै उनले गोल गरे।

तर उनको अग्रता लामो समय टिक्न सकेन। ४० औं मिनेटमा पुल्चोकका वीर बहादुर गुरुङले गोल गरेपछि पहिलो हाफमै दुई टिमबीचको खेल बराबरी भएको थियो।

Laxmi sunrise bank
kumari

दोस्रो हाफको ४९ औं मिनेटमा गोल गर्दै पुल्चोकका लिम्बूले आफ्नो क्लबलाई अग्रता दिलाए। उनको गोलसँगै पुल्चोकले २–१ गोलको अग्रता बनायो।

त्यसलगत्तै, ५२ औं मिनेटमा खुमलटारले पेनाल्टी पाएपछि उसले खेललाई बराबरी गर्ने मौका पाएको थियो।

जहाँ केसीले पोस्टको बायाँ साइडमा गोल गरेर खेललाई बराबरीमा ल्याए। पुनः बराबरी भएको छ मिनेटभित्रै खुमलटारका घलानले गोल गरेपछि प्रतियोगितामा खुमलटारले ३–२ गोलको अग्रता बनाएको थियो।

यससँगै खुमलटारले खेलमा पुनः एकपटक अग्रता बनाएको थियो। अग्रतालाई अघि बढाउने क्रममा खुमलटारका राईले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

उनको गोलसँगै ४–२ गोलको अग्रता बनाएको खुमलटारले ६५ औं मिनेटमा अग्रतालाई ५–२ मा पुर्याएको थियो। यससँगै खुमलटारले शीर्षस्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ। दुवै क्लबले समान ६ खेलबाट पाँच जित र एक बराबरीका साथ १६ अंक जोडेका छन्।
 

प्रकाशित: Feb 23, 2021| 12:01 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।