बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मजदुरहरुसँग अध्यक्ष दाहालले भने– संसद् पुनर्स्थापना हुन्छ, ढुक्क हुनुस्

मजदुरहरुसँग अध्यक्ष दाहालले भने– संसद् पुनर्स्थापना हुन्छ, ढुक्क हुनुस्

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने भएकाले ढुक्क भएर राजनीतिक गतिविधि सञ्चालन गर्न मजदुर संगठनलाई आग्रह गरेका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने भएकाले ढुक्क भएर राजनीतिक गतिविधि सञ्चालन गर्न मजदुर संगठनलाई आग्रह गरेका छन्।

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको ‘२० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामाजिक न्यायसहितको नयाँ युगको लागि पुनर्स्थापित प्रतिनिधिसभाले काम गर्ने बताए। 

केपी ओली सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको उल्लेख गर्दै उनले त्यसको विरुद्धमा सबै जनता खडा भइसकेको बताए। 

अध्यक्ष दाहालले अदालतमा बहस सकिएर अहिले हेर्दाहेर्दैमा रहेकोले कुनै पनि बेला फैसला आउन सक्ने बताए। संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजान सकिने उनको भनाइ थियो।
 

प्रकाशित: Feb 23, 2021| 11:06 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।