शनिबार, असार २७, २०८३

फागुन २४ मा ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’

बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोसी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– बाह्रबिसे नगरपालिका–६ बसेरीदेखि भोटेकोसी गाउँपालिका–३ दुगुनागढीसम्म ‘लिस्तीकोट–दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता हुने भएको छ। 

सेना दिवसका उपलक्ष्यमा गोरखबक्स गणको पहलमा फागुन २४ गते सो प्रतियोगिता हुन लागेको हो। 

सोही क्षेत्रका गौरव दुगुनागढीको ऐतिहासिक महत्त्व एवं लिस्तीकोटको धार्मिक तथा ऐतिहासिक महत्त्व उजागर गर्न, पर्यटकीयस्थलका रूपमा विकास गर्न र सैनिक नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

दौड प्रतियोगिता सञ्चालन हुने दिनका लागि प्रत्येक खेलाडीका १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिनेछ।

२१.२१ किमि दूरीको उक्त प्रतियोगितामा खुुलातर्फ प्रथम हुुनेलाई एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितमा द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमशःरु ६० हजार, ४० हजार र २० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। 

महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार प्रदान गरिनेछ।

उक्त कार्यक्रममा मुख्य आमन्त्रित व्यक्तिका रुपमा अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर र मीरा राई उपस्थित हुनेछन्। 

सरकारी कार्यालय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार व्यवसायी तथा संघसंस्थासँगको समन्वयमा सेनाले उक्त दौड प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

सिन्धुुपाल्चोकवासीलाई पनि प्रोत्साहन होस् भनी उक्त प्रतियोगितामा जिल्लाबाट प्रथम, द्वितीय र तृतीय हुने व्यक्तिलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगरसहित प्रमाणपत्र प्रदान गरिनेछ। रासस

प्रकाशित: Feb 23, 2021| 10:51 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।