शनिबार, असार २७, २०८३

‘बी’ डिभिजन लिगमा नयाँबस्तीको संघर्षपूर्ण जित

महामारीपछि आजबाट सुरु भएको सहिद स्मारक बी डिभिजन लिगमा नयाँबस्ती युथ क्लबले मध्यपुर ठिमीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काडमाडौं– महामारीपछि आजबाट सुरु भएको सहिद स्मारक बी डिभिजन लिगमा नयाँबस्ती युथ क्लबले मध्यपुर ठिमीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नयाँबस्तीले मध्यपुरविरुद्ध २–१ गोलको जित निकालेको हो।

नयाँबस्तीको जितका लागि सचु गुरुङ र अभय धिमालले १–१ गोल गरे। खेलको आठौं मिनेटमा गोल गर्दै गुरुङले अग्रता बनाएको नयाँबस्तीका लागि ७९ औं मिनेटमा धिमालले दोस्रो गोल गरे।

यसबीच खेलको ५७ औं मिनेटमा मध्यपुरका भुपाल गुरुङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरी बनाएका थिए। तर धिमालको गोलपछि नयाँबस्तीले खेल जित्यो।

लिगमा नयाँबस्तीले चौथो जितका साथ १२ अंक जोडेको छ। ६ खेल खेलेको नयाँबस्तीले बाँकी खेलमा भने हार बेहोरेको छ।

यता मध्यपुर ठिमी अंकतालिकाको पुछारमा छ। लिगमा ३३ खेल सम्पन्न भएका छन् भने अब ३३ खेल बाँकी छन्।
 

प्रकाशित: Feb 23, 2021| 10:18 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।