आइतबार, चैत १, २०८२

च्याम्पियन्स लिग : चेल्सी–एथ्लेटिको र बायर्न–लाजियो भिड्दै

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगअन्तर्गत आज दुई खेल हुँदैछन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगअन्तर्गत आज दुई खेल हुँदैछन्। नेपाली समयअनुसार आज राति पौने दुई बजे दुवै खेल सुरु हुँदा एक खेल रोमानियामा हुनेछ भने अर्को खेल इटालीमा।

National life

रोमानियाको राजधानी बुकारेस्टको नेशनल एरिना रंगशालामा हुने खेलमा एथ्लेटिको मड्रिडले प्रिमियर क्लब चेल्सीलाई आतिथ्यता प्रदान गर्नेछ। कोरोना महामारीले उत्पन्न भएको स्वास्थ्य सुरक्षा जोखिमका कारण यो खेल स्पेनबाट रोमानियामा सारिएको हो।

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगाको शीर्षस्थानमा रहेको एथ्लेटिको च्याम्पियन्स लिगमा पनि आफ्नो उपस्थिति बलियो बनाउने दाउमा छ।

समूह चरणमा औसत प्रदर्शन गरेको एथ्लेटिको यो सिजनमा स्पेनको उत्कृष्ट टिम हो। घरेलु लिगमा पनि फर्ममा रहेको एट्लेटिकोले पछिल्लो खेलमा भने लेभान्टेसँग घरेलु मैदानमा हार बेहोरेको थियो।

यसकारण ऊ चेल्सीको तुलनामा केही कमजोर देखिन्छ। यता इंग्लिस क्लब चेल्सीले नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा हार बेहोरेको छैन। टुचेल प्रशिक्षकमा नियुक्ति भएपछि उसले लिगका सात खेलमा दुई बराबरी र बाँकी खेलमा जित निकालेको छ।

Laxmi sunrise bank
kumari

यसकारण जितको लयमा रहेको चेल्सीले आजको खेलमा उच्च प्रदर्शन दिनेछ। तर उसको डिफेन्ड थियागो शिल्वा आजको खेलमा हुने छैनन्।

च्याम्पियन्स लिगको इतिहास हेर्दा चेल्सी र एथ्लेटिकोको हेड–टू–हेडमा ठ्याक्कै बराबरीको अवस्था छ। दुवै टिमले समान २–२ जित निकालेर तीन बराबरी खेलेका छन्। त्यस्तै, दुवै टिमले एक अर्काविरुद्ध समान ११–११ गोल गरेका छन्।

चेल्सी २०१३–०१४ पछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो भने एथ्लेटिको मड्रिड लगातार सातौं पटक नकआउटमा प्रवेश गरेको हो।

त्यस्तै, इटालीको रोमस्थित ओलम्पिको रंगशालामा हुने खेलमा लाजियाले बायर्नसँग प्रतिस्पर्धा गर्नेछ। इटालियन क्लब रोमा र लाजियाले घरेलु मैदानका रुपमा प्रयोग गर्दै आएको यो रंगशालामा साविक विजेता बायर्न म्युनिख जितसहित पहिलो लेगबाटै अग्रता बनाउन चाहन्छ।

तर यता लाजियो आजको खेलमा बायर्नलाई रोक्नेमात्र नभएर घरेलु मैदानको फाइदा उठाउँदै जितसम्म पुग्न चाहन्छ। यद्यपि उच्च गतिमा रहेको बायर्नविरुद्ध जित निकाल्न लाजियोलाई सजिलो भने छैन। पछिल्लो खेल र सिजनको नतिजा हेर्ने हो भने बायर्नको स्तर उच्च देखिन्छ।

तर लाजियो र बायर्नले आजसम्म आपसमा प्रतिस्पर्धा नगरेकाले उनीहरुको च्याम्पियन्स लिग इतिहास भने छैन। लाजियोले अन्य जर्मन क्लबलाई भने घरेलु मैदानमा हाबी हुन दिएको छैन।

यता बायर्न पछिल्ला पाँच अवे खेलमा अपराजित छ। त्यस्तै, यही रंगशालामा सात वर्षअघि बायर्नले रोमाविरुद्ध ७–१ गोलको जित निकालेको थियो।

बायर्न लगातार १३ औं पटक च्याम्प्यिन्स लिगको नकआउट चरणमा पुगेको टिम हो भने लाजियो पछिल्लो २१ वर्षमा पहिलोपटक प्रि क्वार्टरफाइनलमा पुगेको हो।

बायर्नभन्दा धेरैपटक स्पेनिस टिम रियल मड्रिड (२४) र बार्सिलोना (१७) लगातार नकआउट चरणमा पुगेका छन्।

गत वर्षको च्याम्पियन्स लिगमा बायर्नले १७ मध्ये १६ खेलमा जित निकालेको थियो। यतिमात्र होइन, उसले सिजनभर ६१ गोल गरेर १३ गोलको सामना गरेको थियो।

प्रकाशित: Feb 23, 2021| 09:58 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।