बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको स्वेच्छाचारिता अन्त्यका लागि चुनाव आवश्यक : कमल थापा 

ओलीको स्वेच्छाचारिता अन्त्यका लागि चुनाव आवश्यक : कमल थापा 

राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक  स्थिरता र शान्तिका लागि चुनाव उपयुक्त हुने बताएका छन्। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

हेटौंडा :  राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक  स्थिरता र शान्तिका लागि चुनाव उपयुक्त हुने बताएका छन्। 

उनले संसद् विघटन सम्बन्धी अस्पष्टता हटाउन सर्वोच्च अदालतले थप व्याख्या दिनुपर्ने पनि बताए। 

‘प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिता अन्त्यका निमित्त पनि चुनाव आवश्यक छ’, हेटौंडा–१३ को पदमपोखरीमा मंगलबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले भने।  

उनले सत्ताको लोभ देखायो भने कांग्रेस पनि जनताको नजरबाट खस्ने बताए। निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकाले सबै उदार ढंगबाट अघि बढ्नुपर्ने भनाइ उनको छ। 

उनले १४ वर्षको राजनीतिक रोडम्यापले निकास दिन  नसकेको दाबी गरे। थापाले भने, अब ‘त्रुटिपूर्ण मार्गचित्र सच्याउनुपर्छ।’ 

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकाले त्यो भारी बिसाउनुपर्ने उनको धारणा थियो।

‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिमा आधारित होस्’, थापाले भने।

भ्रष्टाचार, बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई थप अधो गतितर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए। 

प्रकाशित: Feb 23, 2021| 08:49 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।