बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वीनारायण शाहले गरेको युद्ध अध्ययन गरेर जनयुद्ध सुरु गरिएको थियो : दाहाल

पृथ्वीनारायण शाहले गरेको युद्ध अध्ययन गरेर जनयुद्ध सुरु गरिएको थियो : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिगमनविरुद्ध आफूहरु फेरि एकपटक युद्धमा होमिएको बताएका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिगमनविरुद्ध आफूहरु फेरि एकपटक युद्धमा होमिएको बताएका छन्।

‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘फेरि एकचोटि प्राप्त उपलब्धि अपहरण गर्ने अपहरणकारीविरुद्व युद्धमा नै छौं। यो रक्तपातपूर्ण युद्ध होइन, तर युद्ध नै हो। जुन पक्षले अपहरण गरेको छ, उसले राज्यको शक्ति दुरुपयोग गरेर दबाउन खोज्दैछ।’ जनयुद्ध, जनआन्दोलन लगायतका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको अपहरण गर्ने काम भएको उनले बताए। 

दाहालले भने, ‘अहिलेको यो शान्तिपूर्ण युद्ध हामीले जसरी पनि जित्नुपर्छ। अदालतमा मुद्दा छ, सही फैसला गर्छ भन्ने हामीलाई पूर्ण विश्वास छ।’

नेकपा विभाजन गर्ने ठूलो षड्यन्त्र भइरहेको दाब िगर्दै अध्यक्ष दाहालले आफूहरु एकताबद्ध भएर पार्टीलाई जोगाउन लागेको बताए। ‘केपी ओलीले लोकतन्त्र र संविधानमात्रै होइन, पार्टीलाई नै समाप्त पार्ने काम गर्नुभएको छ,’ उनले भने।

कम्युनिस्ट पार्टी स्थापना भएपछि सामन्तवाद र साम्राज्यवाद अन्य गर्न भनेर युद्ध सुरु गरिएको स्मरण उनले गरे।

‘तत्कालीन झापा विद्रोह भयो, जुटपानी लगायत विभिन्न विद्रोह भए। मैले २०५२ मा जनयुद्ध घोषणा गर्दै गर्दा पुरानो विद्रोह र विभिन्न विश्वका विद्रोह हेरेर नेपालमा विद्रोह सकिन्न कि भन्ने लाग्थ्यो। तिनबाट हुँदैन भन्ने थियो मलाई। सबैभन्दा बढी पृथ्वीनारायण शाहले गरेका युद्धको रणनीति अध्ययन गरेर जनयुद्ध सुरु गरेको हुँ। मैले सबैभन्दा बढी नेपाललाई नै अध्धयन गरें। सबैको बलमा भएकोले नयाँ प्रयोगका रूपमा अगाडि बढ्यो,’ उनले भने।

जनयुद्ध नै ठूलो परिघटना भएको दाबी गर्दै उनले देशलाई अगाडि बढाउन जनयुद्धले ठूलो उपलब्धि हासिल गरेको तर्क गरे।

प्रकाशित: Feb 23, 2021| 08:00 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।