बिहीबार, भदौ १८, २०८३

मोरङमा दुई थुनुवा अदालतबाटै फरार

खाजा खाने बहाना बनाएर लागुऔषध मुद्दाका दुई थुनुवा जिल्ला अदालत मोरङको क्यान्टिनबाट भागेका छन्। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

विराटनगर - खाजा खाने बहाना बनाएर लागुऔषध मुद्दाका दुई थुनुवा जिल्ला अदालत मोरङको क्यान्टिनबाट भागेका छन्। 

मोरङको कटहरी-४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरी फरार भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। 

लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका दुवैजना पाँच/पाँच दिनको म्याद थप भइसकेपछि फरार भएका हुन्।

सोमबार म्याद थप गर्न लिएर गएको प्रहरी टोलीको आँखा छल्दै उनीहरू भागेका हुन्। तर, सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि मात्रै म्याद थप्न लिएर गएको प्रहरी टोलीले ढिलो गरी साँझ ६ बजेतिर घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी दिएको थियो। खोजी थालिएको भए पनि फरार भएकाहरू पक्राउ पर्न सकेका छैनन्। 

उनीहरू भारततिर भागेको हुन सक्ने आशंका गरिएको छ। सबैतिर नाका सिल गर्दै विभिन्न प्रहरी कार्यालयलाई जानकारी गराएर भागेका थुनुवाको खोजी तीव्र पारिएको डीएसपी राईले बताए। 

शेख लागुऔषध ब्राउन सुगरसहित कटहरीबाट र अन्य प्रकृतिका लागुऔषधसहित चौधरी विराटनगरको बरगाछीबाट आइतबार पक्राउ परेका हुन्। 

अदालतमा म्याद थप भएपछि उनीहरूले चियानास्ता गर्ने बहाना बनाएका थिए। त्यसपछि अदालत परिसरमै रहेको क्यान्टिनमा प्रहरीले उनीहरूलाई पु¥याएको थियो। 

खाजा खाइरहेका उनीहरू केहीबेरमा हेर्दा त्यहीँबाट फरार भइसकेको पाइएको प्रहरी स्रोतले बतायो। 

दुईजनामध्ये एकजनालाई खुला छाडिएको थियो भने अर्का थुनुवा हातमा झुन्डिएको हतकडी लिएरै भागेका छन्। 

थुनुवालाई क्यान्टिनमा खाजा खाने व्यवस्था गरे पनि निगरानी नगर्दा प्रहरीकै लापरबाहीका कारण दुवैजनाले भाग्ने मौका पाएका हुन्।

गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रूपमा लिएर अनुसन्धान थालिएको डीएसपी राईले बताए।

प्रकाशित: Feb 23, 2021| 07:17 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।