शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मसँग तीन स्टार खेलाडी किन्ने लगानीकर्ता छन् : बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार फ्रेक्जा 

मसँग तीन स्टार खेलाडी किन्ने लगानीकर्ता छन् : बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार फ्रेक्जा 

स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार टोनी फ्रेक्जाले आफूले निर्वाचन जितेमा क्लबले तीन जना नयाँ स्टार खेलाडी किन्ने बताएका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं– स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार टोनी फ्रेक्जाले आफूले निर्वाचन जितेमा क्लबले तीन जना नयाँ स्टार खेलाडी किन्ने बताएका छन्।

२५० मिलियन युरो खर्च गर्न इच्छुक लगानीकर्ताले आफूसँग सहमति गरिसकेको उनको दाबी छ। यो रकमले तीन स्टार खेलाडी किन्न सकिने उनले बताएका हुन्। 

अध्यक्षका प्रत्यासी फ्रेक्जाले खेलाडी किन्ने मात्र नभएर बार्सिलोनाका लागि चाहिने स्क्वाडको कुन स्थानका खेलाडी भन्ने पनि पक्का गरिसकेको स्पष्ट पारे।

‘हामीले केही समयदेखि लगानीकर्तासँग कुरा गरिरहेका छौं। उनीहरू २५० मिलियन युरो दिन सहमत भएका छन्,’ फ्रेक्जाले  भने। आफूले अध्यक्ष जितेमा प्रशिक्षक कोम्यान क्बलमै रहिरहने उनले बताए। 

‘यो रकम प्रशिक्षक परिवर्तनका लागि होइन,’ उनले भने, ‘कोम्यान सम्झौता अवधिसम्म टिममा रहनेछन्। हामी स्थायी प्रशिक्षक चाहन्छौं। स्थायी प्रशिक्षकले मात्र लिगमा परिणाम दिन्छ।’

उनले पीएसजी फरवार्ड केलियन एम्बाप्पे वा डर्टमन्ड फरवार्ड इर्लिङ हाल्यान्ड किन्न लागिएको हो भन्ने जिज्ञासामा यसबारे अहिले केही भन्न नसक्ने बताए। 

‘हामी अहिल्यै यसबारे बोल्दैनौं। खेलाडीलाई मैदानमा ल्याएरै मात्र देखाउँछौं,’ फ्रेक्जाले भने, ‘यसबारे बोल्नु गलत रणनीति हो। आफ्नो नजरमा परेका खेलाडी अन्य क्लबलाई किन्न दिनुजस्तै हो। तर बार्सिलोनाले परिणाम ल्याउन सक्ने खेलाडी किन्छ।’

स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिड एम्बाप्पे र हाल्यान्ड किन्ने दौडमा छन्। क्लबको अध्यक्ष पदको निर्वाचन आउँदो मार्च ७ मा हुनेछ। निर्वाचनका लागि नयाँ खेलााडीको अनुबन्धलाई विशेष रूपमा हेरिएको छ।

प्रकाशित: Feb 23, 2021| 06:58 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।