बिहीबार, भदौ १८, २०८३

घाइतेकाे उद्धारमा खटिए प्रदेश २ का प्रमुख झा

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले दुर्घटनाका घाइतेको उद्धारमा सघाएका छन्। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

जनकपुरधाम - प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले दुर्घटनाका घाइतेको उद्धारमा सघाएका छन्। 

बाराको निजगढमा मोटरसाइकल दुर्घटनामा परेर चार व्यक्ति घाइते भएका थिए। 

जनकपुरधामबाट बाराको जितपुर गइरहेका प्रदेश प्रमुख झाले निजगढको जंगलमा दुर्घटना भएको देखेपछि घाइतेहरूको उद्धारमा खटिएका थिए। 

‘जितपुरमा सैनिकको एक कार्यक्रममा सहभागी हुन गइरहेको थिएँ,’ उनले भने, ‘सडक छेउमा घाइतेहरू छटपटाइरहेका थिए, त्यसमध्ये एकजना बच्चा पनि थिए।’

उनीहरूलाई तुरुन्त उद्धार गरी चन्द्रनिगाहपुरस्थित अस्पतालमा पठाउन लगाएको झाको भनाइ छ। 

घाइतेहरूको साथमा आफ्ना एकजना सुरक्षाकर्मीसमेत उनले पठाएका छन्। 

यसअघि सर्लाहीमा सहरी विकास मन्त्री प्रभू साहको गाडीले एक स्थानीयलाई ठक्कर दिए पनि उनको गाडी उद्धार नै नगरी त्यत्तिकै हुइँकिएको थियो।

प्रकाशित: Feb 23, 2021| 06:14 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।