बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीमा घरबाटै दम्पतीको अपहरण, स्थानीयद्वारा चक्काजाम

महोत्तरीमा घरबाटै दम्पतीको अपहरण, स्थानीयद्वारा चक्काजाम

महोत्तरीको सहोडवामा एक दम्पतीको घरबाटै अपहरण गरिएको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

जनकपुरधाम– महोत्तरीको सहोडवामा एक दम्पतीको घरबाटै अपहरण गरिएको छ। मोही जग्गा विवादमा अदालतमा साक्षी बसेका पतिपत्नीलाई घरबाटै अपहरण गरिएको हो। 

महोत्तरीको पिपरा गाउँपालिका– ५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेको अवस्थामै घरबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मंगलबार बिहान अबेरसम्म झा दम्पतीलाई नदेखेपछि छिमेकीले घरमा पुगेका थिए। उनीहरूले दुवै जनालाई नदेखेपछि यताउता खोज्न थाले। सुत्ने कोठामा रगतको थोपा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। 

झा दम्पती सुतेको कोठामा रगतको थोपासमेत देखिएकोले घटना शंकास्पद बन्दै गएको बताइएको छ। 

अपहृत दम्पतीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।  

स्थानीयका अनुसार मोसाफिर झा अदालतमा विचाराधीन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी थिए। विवादित जग्गाको विपक्षीसँग केही दिनअगाडि विवाद भएको थियो।  

झा दम्पतीको अपहरण भएको खबर पाएलगत्तै स्थानीय जनकपुरधाम भिठामोड सडकखण्डमा चक्काजाम गरेका छन्। चक्काजामका कारण सवारी अवागमन अवरुद्ध भएको छ। 

प्रकाशित: Feb 23, 2021| 05:44 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।