बिहीबार, भदौ १८, २०८३

श्रीमान‍्काे हत्या गरी प्रहरी चाैकी पुगिन् महिला

कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमान‍्काे हत्या गरेकी छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

कञ्चनपुर - कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमान‍्काे हत्या गरेकी छन्।

बेलौरी नगरपालिका–६, भुराकोटकी २७ वर्षीया वसन्ती चौधरीले श्रीमान् ३० वर्षीय ओमकुमारको हत्या गरेको प्रहरीले जनाएको छ। 

आज (मंगलबार) बिहानै फरुवा प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष महिलाले बताएकी छन्। 

हत्यापछि ती महिला स्वयं इलाका प्रहरी कार्यालय बेलौरीमा गई आफूले श्रीमान‍्को हत्या गरेको जानकारी गराएकी थिइन्। 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काका अनुसार जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्दा ओछ्यानमै फरुवाले सांघातिक आक्रमण गरी हत्या गरेको पाइएको छ। 

ओमकुमारले अर्को विवाह गरी कान्छी श्रीमतीलाई काठमाडौंमा राखेको आरोपमा हत्या गरेको वसन्तीले स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। 

वसन्तीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 23, 2021| 03:59 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।