शनिबार, असार २७, २०८३

सेभिया ला लिगाको तेस्रो स्थानमा

स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा ओसासुनालाई हराउँदै सेभिया तेस्रो स्थानमा उक्लिएको छ।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा ओसासुनालाई हराउँदै सेभिया तेस्रो स्थानमा उक्लिएको छ।

ओसासुनाको एल सदर रंगशालामा सम्पन्न खेलमा पाहुना टिमले २–० गोलको जित निकालेको हो।

सेभियाको जितका लागि डिइगो कोर्लोस र लुक डि जोङले समान १/१  गोल गरे।

जोर्डनले दिएको पासलाई सदुपयोग गर्दै कार्लोसले १९औं मिनेटमा अग्रता बनाएका थिए। त्यस्तै ४९ औं मिनेटमा मुनियरले दिएको पासलाई डि जोङले गोलमा बदल्दै अग्रतालाई २–० सम्म पुर्‍याए।

सोही नतिजाका साथ सोभियाले खेल जित्यो।

जितसँगै तेस्रो स्थानमा उक्लिएको सेभियाले शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा सात अंक पछि छ। ४८ अंक जोडेको सेभिया दोस्रो स्थानको रियलभन्दा चार अंकले पछि छ।

रियलले एक खेल धेरै खेलेको छ। तर, समान २३ खेलमा सहभागी बार्सिलोना भने ४७ अंकका साथ चौथो स्थानमा छ।
 

प्रकाशित: Feb 23, 2021| 02:02 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।