बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदन भण्डारी नेपाली राजनीतिको महत्त्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल

मदन भण्डारी नेपाली राजनीतिको महत्त्वपूर्ण मार्गनिर्देशक : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन्।
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

चितवन - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताएका छन्।

मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तर्क्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्त्वपूर्ण रहेको बताए।

फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई जनतामाझ लैजानुपर्ने उनको भनाइ थियो। जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको उनले प्रष्ट पारे। 

फाउण्डेशनका केन्द्रीय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवं फाउण्डेशनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो।

प्रकाशित: Feb 23, 2021| 01:48 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।