शनिबार, असार २७, २०८३

भलिबललाई केल्मीले जर्सी प्रदान गर्ने

राष्ट्रिय भलिबल टिमका लागि अब स्पेनिस टेक्स्टाइल कम्पनी केल्मीले जर्सी प्रयोजन गर्ने भएको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं- राष्ट्रिय भलिबल टिमका लागि अब स्पेनिस टेक्स्टाइल कम्पनी केल्मीले जर्सी प्रयोजन गर्ने भएको छ।

नेपाल भलिबल संघ र केल्मीबीच काठमाडौंमा आज (सोमबार) खेल पोशाकबारे सम्झौता भएको हो।

केल्मी नेपालका प्रमुख प्रदीप न्यौपाने र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन्।

दुई वर्षका लागि गरिएको सम्झौतामा प्रायोजकले २५० ओटा बलका साथै महिला र पुरुषका लागि समान २०,२० सेट पोशाक उपलब्ध गराउने छ।

त्यस्तै, खेलाडीसँगै अफिसियलका लागि पनि आवश्यक जुत्ता, मोजा र प्रशिक्षण पोशाक उपलब्ध राउने संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

केल्मीले यसअघि नेपाली राष्ट्रिय फुटबल टिमको पोशाक पनि प्रायोजन गरिसकेको छ।

प्रकाशित: Feb 22, 2021| 14:16 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।