शनिबार, असार २७, २०८३

राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कालिकालाई 

देवीनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

बुटवल- देवीनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ।

प्रतियोगितामा कुल १२ स्वर्ण, ५ कास्य र ४ रजत पदकसहित २१ पटक जित्दै कालिका प्रथम हुन सफल भएको छ। प्रतियोगितामा ४ स्वर्ण, ९ कास्य र ७ रजत पदक जित्दै नवीन औद्योगिक मावि दोस्रो भएको छ।

न्यु होराईजन मावि ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक जित्दै तेस्रो तथा कान्ति माविले ३ स्वर्ण, ४ कास्य र ४ रजत पदक जित्दै चौथौ स्थान हासिल गरेको छ। 

नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा शुक्रबारदेखि बुटवल–११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब १ हजार ३३४ जना खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गरेको समितिका अध्यक्ष नन्दु काउचाले बताए।

प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्दो लगायतका प्रतियोगिताहरु भएका थिए।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै खेलाडीको पहिचान, प्रतिभा प्रस्फूटनदेखि दक्ष प्रशिक्षकको व्यवस्था गर्ने काममा आफूहरु लोगको बताए। 

कुल १ हजार ३३४ विद्यार्थी सहभागी रहेको प्रतियोगितामा कुल ३० स्वर्ण, ३० कास्य र ३४ रजत पदकको टुंगो लागेको थियो। 

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनोट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ।

प्रकाशित: Feb 22, 2021| 13:48 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।