बिहीबार, भदौ १८, २०८३

ठगी मुद्दामा तीन वर्ष कैद

तनहुँको व्यास नगरपालिका–२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँच जनालाई कैद सजायको फैसला भएको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

तनहुँ- तनहुँको व्यास नगरपालिका–२ स्थित दमौली बचत तथा ऋण सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला अदालत तनहुँमा दर्ता भएको ठगी मुद्दामा पाँच जनालाई कैद सजायको फैसला भएको छ। 

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलाशले पाँच प्रतिवादीलाई तीन वर्ष कैद र रु. ३० हजार जरिवानाको फैसला गरेको हो।

जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार व्यास नगरपालिका–२ का दिव्या थापा, राजु थापा, व्यास नगरपालिका–१ का दीपिका थापा, व्यास नगरपालिका–५ का याममाया दरै र व्यास नगरपालिका–१० का चेलीमाया थापालाई तीन वर्ष कैद सजायको फैसला भएको छ। 

साथै बिगोको हकमा सोही प्रतिवादीबाट दामासाहीरुपमा भराउने फैसलासमेत अदालतले गरेको उनले जानकारी दिए। जिल्ला अदालतले अन्य प्रतिवादीलाई भने सफाइ दिएको छ। हरिबहादुर गुरुङले १६ जनालाई प्रतिवादी बनाएर विसं २०७५ असार ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दाको दशपटक पेशी चढेको थियो।

दमौली बचत तथा ऋण सहकारीमाथि साढे चार करोड रुपैयाँ हिनामिना गरेको अभियोग लागेको थियो। यसअगाडि तत्कालीन तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरै पुर्पक्षका लागि थुनामा गएका थिए।

सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने रु. एक लाख धरौटी बुझाएर रिहा भएका थिए। रासस

प्रकाशित: Feb 22, 2021| 13:32 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।