बिहीबार, भदौ १८, २०८३

प्रदेश १ मा प्रेसर हर्न बजाउन निषेध

प्रदेश १ मा सोमबारदेखि सवारी साधनलाई प्रेसर हर्न बजाउन पूर्ण रुपमा रोक लगाइएको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

विराटनगर– प्रदेश १ मा सोमबारदेखि सवारी साधनलाई प्रेसर हर्न बजाउन पूर्ण रुपमा रोक लगाइएको छ। 

प्रदेशलाई हर्न निषेधित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान चलाएर कडाइ थालेको हो। प्रदेश १ का सबै ९२ वटै युनिटमा कार्यरत ट्राफिक प्रहरीले सवारी चालकलाई हात जोड्दै अबदेखि हर्न नबजाइदिन आग्रह गरेका छन्।

सोमबार बिहान १० बजे एकै पटक सडकमा हर्न निषेधको प्लेकार्डसहित निस्किएर अबदेखि हर्न बजाउन नपाइने जानकारी दिँदै सवारी चालकहरुलाई सचेत गराइएको हो। प्रदेशभरी नै सडकमा गुडिरहेका सवारी साधनलाई एक मिनेटजति रोकेर चालकलाई ट्राफिकले हर्न निषेध सम्बन्धी उर्दी जारी गरेको छ।

चालकलाई हर्न नबजाउन आग्रह गर्दै हर्न निषेधित क्षेत्रको पूर्व सूचना दिन प्लेकार्डसहित सडकमा ट्राफिक प्रहरी निस्किएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। चालकलाई दुई हात जोडेरै त्यस्तो आग्रह गरिएको बताउँदै उनले नटेर्नेलाई भने ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही अघि बढाइने जानकारी दिए। 

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जथाभावी र मनपरी ढंगले हर्ज बजाएर ध्वनी प्रदूषण गराउने क्रम बढेपछि प्रदेशलाई हर्न निषेधित क्षेत्र बनाउन सवारी साधनलाई नियमन गर्न थालिएको जानकारी दिए। प्रदेशका जुनसुकै स्थानमा हर्न बजाउँदै सवारी चलाएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार जरिवानावापत पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म सजाय गरिने शर्माले बताए।

उनका अनुसार ओभरटेक गर्ने, यात्रु बोलाउने, साइड माग्ने, बाटो काट्नेलगायतका बहानामा हर्न बजाउन नपाइने, तर घुम्ती, पहाडका अप्ठेरो बाटो, सवारीसाधन ठोक्किनै लागेको अवस्था र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइने  छ।  

प्रदेश १ मा यसअघि ०७५ असोज १ गतेबाट हर्न निषेध गरिएको थियो। हर्न निषेधका विरुद्ध उच्च अदालतमा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले ०७५ कात्तिक १४ गते उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्चका तत्कालिन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश हरिप्रसाद भण्डारीको संयुक्त इजलासले रिट खारेज गर्दै हर्न निषेधकै पक्षमा आदेश जारी गरेको थियो। हर्न निषेधकै पक्षमा आदेश आए पनि प्रदेश १ मा हर्न निषेध प्रभावकारी हुन सकेको थिएन। 
 

प्रकाशित: Feb 22, 2021| 11:23 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।