बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतको आदेशबाट छुट्नेबित्तिकै पक्राउ परे बास्तोला

अदालतको आदेशबाट छुट्नेबित्तिकै पक्राउ परे बास्तोला

सर्वोच्च अदालतले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ।
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– सर्वोच्च अदालतले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ।

रिहा भएलगत्तै बाहिरिने क्रममा प्रहरीको टोलीले बल प्रयोग गरेर बास्तोलाई नियन्त्रणमा लिएको हो। 

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले वास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको हो। 

बास्तोलाको तर्फबाट अनिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

यसअघि नै अदालतले छाड्न आदेश गरे पनि पुनः पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, सिंहदबारमा राखिएको थियो।

‘निवेदकलाई थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुन कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेको कारण पक्राउ गरेको देखिँदा निजलाई थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट उचित नदेखिएकोले यी निवेदक धर्मेन्द्र बास्तोलालाई आजै गैरकानूनी थुनाबाट मुक्त गरिदिनु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

प्रकाशित: Feb 22, 2021| 11:22 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।